२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

३१ महिना सरकारमा रहँदा माओवादीलाई शान्तिप्रक्रिया टुंग्याउन कसले रोक्यो ?: गोकुल बाँस्कोटा


सञ्चार डबली
  • मंगलबार, जेठ ९ २०८०
  • 9.4K
    SHARES

  • images
    ३१ महिना सरकारमा रहँदा माओवादीलाई शान्तिप्रक्रिया टुंग्याउन कसले रोक्यो ?: गोकुल बाँस्कोटा

    काठमाडौं, ९ जेठ । नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले ३१ महिना सरकारमा रहँदा माओवादीलाई शान्तिप्रक्रिया टुंग्याउन कसले रोक्यो भन्दै प्रश्न गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले डा.बाबुराम भट्टराईदेखि पुष्पकमल दाहाल प्रचण्ड ३१ महिना सरकार रहँदा शान्तिप्रक्रिया टुंग्याउन कसले रोक्यो भनेर प्रश्न गरेका हुन् ।

    सदनमा पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले देशको आर्थिक अवस्था सुधार्न नसक्ने भन्दै उनले आफ्नो कमजोरी छोप्न विपक्षी दलमाथि सत्तापक्ष खनिने काम भएको आरोप लगाएका छन् ।

    शान्तिप्रक्रिया चाँडै टुंगियोस् भन्ने एमाले पनि चाहने भए पनि सत्तापक्षबाट भइरहेको विपक्षी दलमाथिको टिप्पणीले भलो नगर्ने उनले दिएका छन् । अघिल्लो वर्ष पेस गरिएको नीति तथा कार्यक्रमको समीक्षाबाट अहिले नीति तथा कार्यक्रम ल्याइएको हो भन्दै प्रश्न गरेका उनले मनु मञ्जिलको कविता वाचन गर्दै सत्तापक्षलाई कटाक्षसमेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend