२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

भ्रष्टाचारको जवाफ पाउन अनसन नै बस्नुपर्ने होः सांसद झा


सञ्चार डबली
  • मंगलबार, जेठ ९ २०८०
  • 9.1K
    SHARES

  • images
    भ्रष्टाचारको जवाफ पाउन अनसन नै बस्नुपर्ने होः सांसद झा


    काठमाडौ, ९ जेष्ठ । जनकपुर जानकी मन्दिरको टायल, बिजुलीबत्ती जडानमा भएको भ्रष्टाचारबारे कुरा उठाउँदा जवाफ नपाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले बताएका छन्। आज प्रतिनिधि सभा बैठको शून्य समयमा बोल्दै उनले भ्रष्टाचारको जवाफ पाउन अनसन नै बस्नुपर्ने हो भनेर प्रश्न पनि गरेका छन्।

    ‘मैले यो सदनमा ४ पटक जानकी मन्दिरको टायल, बिजुलीबत्ती जडानमा भएको भ्रष्टाचारको प्रसंग उठाइसकें।जवाफ मागिसकें। तर सरकारले यसको जवाफ दिँदैन। सत्तापक्षकै सांसद अनसनमा बस्नुपर्ने बाध्यता छ। हामीलाई पनि त्यही भन्न खोजिएको हो, गएर अनसन बस, अनि जवाफ पाउँछौं, यति त्यसो हो भने हामी तयार छौं,’ उनले भने।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा टेलिभिजन अन्तर्वार्तामार्फत् पखाल्न खोजेको उनले आरोप लगाएका छन् । ‘नक्कली भुटानी शरणार्थी प्रकरणबारे हामीले अपेक्षा गरिरहेका केही निर्णयहरू छन्। केही सुनियोजित, केही सेटिङमा गरिएको टेलिभिजन अन्तर्वार्ताहरूले सबै प्रश्नहरूको जवाफ दिँदैनन्। त्यसैले सबै चिज पखालियो भन्ने भ्रम पनि नरहोस्,’ उनले भने।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend