२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

भ्रष्टाचार निवारणको गम्भीर विषयमा के संसद् अकर्मण्य बन्न लागेको हो ?:  नैनसिंह महर


सञ्चार डबली
  • मंगलबार, जेठ ९ २०८०
  • 9.1K
    SHARES

  • images
    भ्रष्टाचार निवारणको गम्भीर विषयमा के संसद् अकर्मण्य बन्न लागेको हो ?:  नैनसिंह महर


    काठमाडौं, ९ जेठ । भ्रष्टाचार निवारणका लागि कठोर कानुन निर्माण गर्नुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताएका छन्। मुलुकको विकास र समृद्धिको बाधकका रूपमा भ्रष्टाचार नै प्रमुख कारण रहेको बताउँदै संसद्को चालु अधिवेशनबाट नै सांसदले भ्रष्टाचारविरुद्धको कडा कानुन बनाउनु पर्ने बताएका हुन्।

    भ्रष्टाचार निवारण हुनुपर्छ भन्ने सार्वभौमसत्ता सम्पन्न संसद‍्मा सांसदहरूको मागमात्रै हो कि चालु अधिवेशनबाटै कठोर कानुन निर्माण गर्ने ? महरले सामाजिक सञ्जालमा मार्फत प्रश्न गरेका छन्। उनले भ्रष्टाचार निवारण जस्तो गम्भीर विषयमा सरकार अकर्मण्य बन्न नहुने टिप्पणी गरेका छन् ।

    भ्रष्टाचार निवारणको गम्भीर विषयमा के संसद् अकर्मण्य बन्न लागेको हो ? जवाफ खोजेका छन् जनताले, नेता महरले भने। नक्कली भुटानी शरणार्थी प्रकरणमा देशकै जिम्मेवार व्यक्तिहरू मुछिनु र देशमा भ्रष्टाचार मौलाउँदै जानुले खतराको संकेत गरेको उनको भनाइ छ।

    भ्रष्टाचारले मुलुकको विकासमा मात्र प्रभाव पार्ने नभएर जिम्मेवार व्यक्तिहरूको नैतिकतामा समेत प्रश्न उठिरहेको छ। यसले हामीलाई विश्व जगतमा नै लज्जित हुनुपर्ने अवस्था छ। त्यसैले भ्रष्टाचारलाई निर्मूल पार्न कडा कानुन किन नबनाउने ? यसमा हामीलाई केले रोकिरहेको छ ? उनको प्रश्न छ। यसतर्फ नेताहरू समयमै सचेत नभए पछि यही विषय नेताहरूलाई भारी पर्ने महरले चेतावनी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend