२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

राप्रपा नेपालः केन्द्रिय समिती र जिल्ला अध्यक्षको संयुक्त बैठक बस्दै


सञ्चार डबली
  • मंगलबार, जेठ ९ २०८०
  • 9.7K
    SHARES

  • images
    राप्रपा नेपालः केन्द्रिय समिती र जिल्ला अध्यक्षको संयुक्त बैठक बस्दै


    काठमाडौं, ९ जेठ । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रिय कार्य समिति र जिल्ला अध्यक्षहरुको संयुक्त बैठक काठमाडौंमा बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाद्वारा वर्तमान परिस्थिति एवं राप्रपा नेपालको वैचारिक ,सांगठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजना विषयमा राजनीतिक कार्यपत्र प्रस्तुत हुनेछ ।

    महामन्त्रीहरु भाष्कर भद्रा, सुशील श्रेष्ठ ,राजाराम बर्तौला र केशबराज श्रेष्ठद्वारा प्रस्तुत सचिवालय , प्रशिक्षण ,संगठन र युबा स्मार्ट पार्टी निर्माण सम्बन्धि प्रतिबेदन तथा कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक प्रतिबेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

    संघीयता मुलुकले धान्न नसक्ने भन्दै केन्द्रमा बलियो सरकार र तल्लो तहमा अधिकार सम्पन्न स्थानिय निकाय भए पुग्ने भएकोले प्रदेशको संरचना खारेज गर्नुपर्ने बारेमा केन्द्रीय समितिमा छलफल हुने समेत जनाइएको छ ।

    प्रदेश संरचना खारेज गर्नुपर्ने माग राख्ने पार्टीले पार्टीको प्रदेश कार्यसमिति पनि हटाउनु पर्नेमा बैठकले निर्णय लिन सक्नेछ । बैठकमा जनबर्गिय संगठन ,बिभाग र समितिहरुको ६ महिने कार्ययोजनाहरु पनि प्रस्तुत हुनेछ। बैठक भोलि सम्म चल्नेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend