२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

घरजग्गा ऋणमा थप सुविधा दिने राष्ट्र बैंकको निर्णय, मौद्रिक नीतिमा गरियो यस्तो सुधार


सञ्चार डबली
  • शुक्रबार, जेठ ४ २०८१
  • 6.5K
    SHARES

  • images
    घरजग्गा ऋणमा थप सुविधा दिने राष्ट्र बैंकको निर्णय, मौद्रिक नीतिमा गरियो यस्तो सुधार

    काठमाडौं, जेठ  ४ । नियामक नेपाल राष्ट्र बैंकले घरजग्गा धितोमा प्रवाह हुने ऋणमा थप सुविधा दिने निर्णय गरेको छ । चालु आवको लागि जारी मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्दै घरजग्गा कारोबारमा केन्द्रीय बैंकले थप सुविधा दिने निर्णय गरेको हो ।

    मौद्रिक नीतिको समीक्षामा कर चुक्ता प्रमाणपत्र पेश गरेको आधारमा घरजग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानीको लागि आम्दानी गणना गर्दा हाल कायम रहेको ५० प्रतिशत रेसियोलाई बृद्धि गरी ७० प्रतिशत पुर्याउने निर्णय गरिएको छ । यसबाट आम्दानी कम भएका व्यक्तिले पनि घरजग्गा खरिद गर्न पाउने भएका छन् ।

    नयाँ व्यवस्था अनुसार घरजग्गा कारोबार बृद्धि हुने अपेक्षा गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend