२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 सेयर बजार परिसूचकसँगै बढ्यो कारोबार रकम  


सञ्चार डबली
  • बिहीबार , जेठ ३ २०८१
  • 8.3K
    SHARES

  • images
     सेयर बजार परिसूचकसँगै बढ्यो कारोबार रकम  

     

    काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक झिनो अंकले बढेको छ । बिहीबार ०।७९ अंकले बढ्दै नेप्से २०१८.७६ विन्दुमा रह्यो । ८२ लाख ८२ हजार ५५६ कित्ता सेयर ४ अर्ब २३ करोड ३८ लाख रुपैयाँमा किनबेच भएको छ । 

    यसअघि बुधबार नेप्से परिसूचक ९.५४ अंकले घट्दै २०१७.९७ विन्दुमा रहँदा ८४ लाख ९० हजार ७२२ कित्ता सेयर ३ अर्ब ७० करोड ३० लाख रुपैयाँमा किनबेच भएको थियो । आज बजारलाई लघुवित्त उपसमूहले थामेको हो । लघुवित्त उपसमूह एक्लै ३.८० प्रतिशतले बढ्दा लगानीकर्ता फाइदामा रहे । १३ उपसमूहमा लघुवित्त र अन्यबाहेक सबै घटेका छन् । फाइनान्स उपसमूह सर्वाधिक १.४५ प्रतिशतले घटेको छ ।    

    १०३ कम्पनीको सेयरमूल्य बढ्दा १३९ कम्पनीको घटेको छ । ३ कम्पनीको सेयरमूल्य स्थिर रह्यो । सर्वाधिक कारोबार हुनेमा सीइबीडी हाइड्रोपावर छ । उक्त कम्पनीको ४३ करोड ९० लाख रुपैयाको सेयर कारोबार भएको छ । यस्तै पोखरा फाइनान्सको ११ करोड ८७ लाख, पिपुल्स पावरको ७ करोड ७२ लाख, हिमालयन लघुवित्तको ७ करोड २८ लाख र जीवन विकास लघुवित्तको ७ करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।  

    सेयरमूल्य बढेका शीर्ष पाँच कम्पनीमध्ये चारवटा लघुवित्त छन् । हिमालयन लघुवित्त, जाल्पा, सृजनशील लघुवित्तको सेयरमूल्य बढेर सर्किट नै लागेको छ । स्वाभिमान लघुवित्तको पनि बढोत्तरी सर्किटस्तरको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend