२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बिजनेश इन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल


सञ्चार डबली
  • बुधबार, जेठ २ २०८१
  • 6.2K
    SHARES

  • images
    बिजनेश इन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

    काठमाडौं, जेठ २ । बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ४५ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

    उक्त सम्झौता—पत्रमा बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष श्री नवराज बुर्लाकोटी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

    कम्पनीले कृषि क्षेत्रको व्यवसायिकता र दिगोपना, उत्पादन प्रवद्र्धन, उत्पादकत्व बृद्धि तथा बजार सुनिश्चितताको लागि काम गरिरहेको छ । यस कम्पनीेको हाईलाईफ एग्रो एण्ड फुड्स ईन्डष्ट्रिज लिमिटेड तथा पाँचतारे होटल लेमन ट्रि प्रिमियर बुढानिलकण्ठमा सबैभन्दा ठुलो लगानी रहेको छ । विभिन्न उद्योग, व्यापार, होटल तथा पर्यटन लगायतका क्षेत्रमा व्यापार सञ्चालन र विस्तार गर्न आफ्नो पूर्ण स्वामित्वका विभिन्न सातवटा सहायक कम्पनी स्थापना गरी काम अगाडि बढाएको छ । उपभोक्ताहरुलाई सुलभ मूल्यमा गुणस्तरीय सामान उपलव्ध गराउन गो मार्ट संचालनमा ल्याएको छ ।

    कम्पनीले पूर्ण स्वामित्वको चितवन फुड्स ईन्डष्ट्रिज लिमिटेड मार्फत दाल, चामल, तेल, आटा र गेडागुडी लगायतका खाद्य सामग्रीको उत्पादन शुरु गरेको छ । कम्पनीले नमुना कृषि स्रोत केन्द्र, कृषि प्रशोधन केन्द्र, कृषि अनुसन्धान केन्द्र साथै खाद्य उद्योग स्थापना र सामुदायिक खेतीका लागि विभिन्न स्थानमा करिब ६० बिघा जग्गा खरिद गरी काम गरिरहेको छ । “जोड्दै नेपाली मन, खोज्दै आफ्नो पन” भन्ने नारासहित स्वदेशी उत्पादन र उद्यमशीलता मार्फत आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कम्पनीका काम देशव्यापी रुपमा विस्तार गर्ने लक्ष्य राखेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend