२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

ग्लोबल आइएमई बैङ्क बन्यो ग्लोबल फाइनान्सको ‘बेष्ट बैङ्क अवार्ड’ प्राप्त गर्ने पहिलो नेपाली बैङ्क


सञ्चार डबली
  • सोमबार, वैशाख ३१ २०८१
  • 6.6K
    SHARES

  • images
    ग्लोबल आइएमई बैङ्क बन्यो ग्लोबल फाइनान्सको ‘बेष्ट बैङ्क अवार्ड’ प्राप्त गर्ने पहिलो नेपाली बैङ्क

    काठमाडौँ, ३१ वैशाख । काठमाडौँ ग्लोबल आइएमई बैङ्क लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैङ्क अवार्ड २०२४ बाट सम्मानित हुने पहिलो नेपाली बैङ्क बन्न सफल भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैङ्कहरू छनोट गरी सम्मानित गरेको हो । 

    बैङ्कको विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरूमा ग्लोबल आइएमई बैङ्क सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैङ्क भएको हो ।

    ग्लोबल फाइनान्स म्यागाजिनले अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैङ्कहरूलाई सम्मान गरेको हो  ।  

    ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैङ्क हो । ग्लोबल फाइनान्सले यस वर्ष हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैङ्क अफ अमेरिका, भारतको स्टेट बैङ्क अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैङ्क, नेपालको ग्लोबल आइएमई बैङ्क, मलेशियाको मेबैङ्क, बङ्लादेशको स्टान्डर्ड चार्टर्ड बङ्लादेश, फिलिपिन्सको मेट्रोबैङ्क लगायतका विश्वभरका विभिन्न बैङ्कहरूलाई विभिन्न विधामा सम्मानित गरेको हो । 

    ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी समयसान्दर्भिक नविनतम् सेवाहरू प्रदान गर्दै आइरहेको ग्लोेबल आइएमई बैङ्कलाई ग्लोबल फाइनान्सबाट “नेपालको उत्कृष्ट बैङ्क” को सम्मानले आगामी दिनमा बैङ्कलाई रचनात्मक सेवाहरू प्रदान गर्न थप उत्साहित गर्नेछ । 

    बैङ्कका ग्राहकवर्गहरूको माया, कर्मचारीवर्गको लगनसिलता, शेयरधनि महानुभावहरू, नियमनकारी संस्थाहरू, अन्य सरोकारवालाको मार्गदर्शनले ग्लोबल आइएमई बैङ्कलाई उत्कृष्ट बैङ्कमा स्थापित गरेको छ ।   

    ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन । 

    ग्लोबल आइएमई बैङ्कलाई सबैका लागि बैङ्क बनाउँदै बैङ्कले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । 
    बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend