२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मुल्य


सञ्चार डबली
  • आइतबार, वैशाख ३० २०८१
  • 9.2K
    SHARES

  • images
    यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मुल्य


    काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज कालीमाटीमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज कतिपय तरकारीको मूल्य घटेको छ भने केही तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

    कालीमाटी बजारमा आज नेपाली सानो लोकल गोलभेँडा सबैभन्दा सस्तो छ। यो गोलभेँडाको मूल्य प्रतिकिलो २७ रुपैयाँ छ भने सबैभन्दा महँगो तरकारी कुरिलो छ। कुरिलोे ३५० रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ। कालीमाटीमा आज च्याउको भाउ पनि घटेको छ। आज कन्य च्याउ ११० र डल्ले च्याउ २७६ रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ। यो औसत मूल्य हो।

    त्यसैगरी लोकल गाँजर ७७ रुपैयाँ, लोकल बन्दा ४७, च्यापु काउली ७५, डल्ले भन्टा ५५, तिते करेला ४५, लौका ३५, घिरौला ५५, फर्सी ४५, ब्रोकाउली ११५ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको समितिले जनाएको छ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend