२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

शिवम् सिमेन्ट्सको बिक्री आम्दानी सामान्य बढ्यो


सञ्चार डबली
  • शनिबार, वैशाख २९ २०८१
  • 7.6K
    SHARES

  • images
    शिवम् सिमेन्ट्सको बिक्री आम्दानी सामान्य बढ्यो


    काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ भने खुद नाफा घटेको छ।

    चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले ५ अर्ब ९९ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.८९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ५ अर्ब ४५ करोड रुपैयाँ थियो।

    बिक्री आम्दानी बढेपनि बिक्री लागत बढेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो। चैत मसान्तसम्ममा कम्पनीले २० करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१.९४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५३ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    समीक्षा अवधिमा कम्पनीको कुल नाफा २३.६४ प्रतिशत घटेको छ भने अन्य आम्दानी ४९.०१ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा ६.८४ प्रतिशत घटेको छ।

    नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १० रुपैयाँ ८५ पैसा घटेर ५ रुपैयाँ ४२ पैसामा झरेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९४.४६ गुणा रहेको छ।

    ५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ सञ्चित छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend