२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा आवेदन दिने अन्तिम दिन आज 


सञ्चार डबली
  • शुक्रबार, वैशाख २८ २०८१
  • 10.0K
    SHARES

  • images
    राष्ट्रिय वाणिज्य बैंकको सीईओमा आवेदन दिने अन्तिम दिन आज 


    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सीईओका लागि वैशाख ७ गते छनोट समितिले सीईओमा दरखास्त आह्वान गरेको थियो। यसैक्रममा राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि २० जनाको आवेदन परेको छ। वैशाख २७ आवेदन दिने अन्तिम आजसम्म रहेको छ।

    आवेदन दिनेमा राष्ट्रिय वाणिज्य बैंककै पूर्वनायब महाप्रबन्धक (डीजीएम) नरेश अर्याल, नायब महाप्रबन्धक ९डीजीएम० पवन रेग्मी, अर्का नायब महाप्रबन्धक (डीजीएम) दुर्गाकुमारी कँडेल र डेपुटी सीईओ देवेन्द्ररमण खनालले आवेदन दिएका छन्। तत्कालीन ग्रान्ड बैंकका रामदेव यादव, एसबीआई बैंकका विष्णुदेव यादव, कृषि विकास बैंकका नायव महाप्रबन्धक (डीजीएम) दीर्घबहादुर अर्याल, प्रकाशचन्द्र अधिकारी, नेपाल पुनर्बीमा कम्पनीका पूर्वसीईओ शंकर रायमाझी र नेपाल बैंकका पूर्वसीईओ कृष्णबहादुर अधिकारीले पनि सीईओ पदमा आवेदन दिएका छन्।

    यसैगरी अगम मुखिया, नरेशराज अर्याल, विष्णुदेव अर्याल, विष्णुबाबु मिश्र, प्रकाशचन्द्र अधिकारी, डा. राजाराम उपाध्यय, गणेशप्रसाद गौतम, शुरेस देवकोटा, शंकर केसी, प्रमोदबाबु तिवारी, सञ्चय कोषका पूर्वप्रशासक एवं सीए कृष्णप्रसाद आचार्य, झविन्द्र खत्री र माधवप्रसाद रेग्मी पनि सीईओको दौडमा रहेका छन्। आवेदन दिने देवेन्द्ररमण खनाल हाल राष्ट्रिय वाणिज्य बैंकमा कामु सीइओका रुपमा कार्यरत छन्।

    सर्ट लिस्टमा परेका उम्मेदवारले तोकिएको मिति र समयमा व्यावसायिक कार्ययोजनाको प्रस्तुत गरी धेरै अंक प्राप्त गर्ने ३ जनाको नाम छनौट समितिले सिफारिस गर्नेछ। ती ३ जनामध्ये एकजनालाई सीईओको जिम्मेवारी दिइनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend