२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आज नेप्से सामान्य अंकले बढेर बन्द 


सञ्चार डबली
  • बिहीबार , वैशाख २७ २०८१
  • 8.4K
    SHARES

  • images
    आज नेप्से सामान्य अंकले बढेर बन्द 


    काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५ दशमलव ६३ अंकले बढेर १९६६ दशमलव २३ को विन्दुमा पुगेको छ । बिहीबार ३१३ कम्पनीका ४९ हजार ३ सय ३२ पटकको कारोबारमा ७० लाख ५८ हजार ३ सय ९९ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने ३ अर्ब २ करोड १२ लाख ८६ हजार ३ सय ६२ रुपैयाँ रहेको छ ।

    त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव १९ अंकले बढेर ३५० दशमलव ६० को विन्दुमा पुगेको छ । आज ११५ कम्पनीका सेयर मूल्य बढेको छ भने ११५ कम्पनीका सेयर मूल्य घटेको छ । त्यस्तै, १४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

    साताको अन्तिम कारोबार दिन १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक उच्च दरमा बढेको छ ।

    यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ६।९६ प्रतिशत अर्थात् ३४२।८७ अंक बढेर ५२६४.१४ विन्दुमा पुगेको छ । बढेका अरू उपसमूहहरूको वृद्धिदर भने न्यून रहेको छ । यस दिन जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend