२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आज सेयर बजार सामान्य अंकले घटेर बन्द 


सञ्चार डबली
  • बुधबार, वैशाख २६ २०८१
  • 7.2K
    SHARES

  • images
    आज सेयर बजार सामान्य अंकले घटेर बन्द 


    काठमाडौं । सेयर बजार (नेप्से)परिसुचक आज सामान्य अंकले घटेर बन्द भएको छ । आज सेयर बजार ०.२१ अंकले घटेर १,९६० को विन्दुमा पुगेर बन्द भएको हो । आज दिनभरिमा ३०५ कम्पनीको ५८ लाख ७४ हजार ९७६ कित्ता सेयर किनबेच हुँदा  २ अर्ब ५४ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको सेयर मूल्य घटेको छ ।

    आज सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्सको कारोबार भएको छ । आज यस कम्पनीको १० करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको ७ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन डिष्टीलरीको ५ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । दोल्ती पावर कम्पनीका लगानीकर्ताले ९.७४ प्रतिशतका दरले कमाएका छन् । समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.६७ प्रतिशतका दरले कमाएका छन् ।आज सबैभन्दा धेरै कुमारी सबल योजनका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend