२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नबिल डिबेन्चर निष्कासनको बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त


सञ्चार डबली
  • बुधबार, वैशाख २६ २०८१
  • 6.2K
    SHARES

  • images
    नबिल डिबेन्चर निष्कासनको बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त


    काठमाडौं ।  नबिल बैंक लिमिटेडले ‘८ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । 

    यस सम्बन्धमा दुई कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नबिल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

    बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ऋणपत्र निष्कासन गर्न थालेको हो । वार्षिक ८ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि ८ वर्षको छ । ३० लाख कित्ताले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरिने नबिल बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend