२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुनिश्चित गर्ने अन्तिम मौका आज


सञ्चार डबली
  • बुधबार, वैशाख २६ २०८१
  • 6.1K
    SHARES

  • images
    सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुनिश्चित गर्ने अन्तिम मौका आज


    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश पारित गर्न कम्पनीको सातौं वार्षिक साधारणसभा आगामी जेठ ९ गते बस्दैछ । सोही प्रयोजनका लागि कम्पनी वैशाख २७ गते बुक क्लोज गर्दैछ । सभा काठमाडौं, कालिकास्थानस्थित अमृतभोग केटरर्स प्रालिमा बिहान १० बजेदेखि सुरु हुनेछ । 

    सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी तीन अर्ब २० करोड रुपियाँबराबरको २३.८० प्रतिशत बोनस शेयर र १.२५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) सहित कुल २५.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस शेयर जारीपछि चुक्ता पुँजी तीन अर्ब ९६ करोड १६ लाख रुपियाँ कामय हुने र अपुग पुँजी कायम गर्न २७ प्रतिशत ९१ः०.२७० को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित हुनेछ । 

    त्यस्तै सभाले गत आवको वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालक चयन गर्ने र प्रबन्धपत्र तथा नियमाली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने एजेन्डा छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend