२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

महिला उद्यमी महासंघ नेपाल र अर्थमन्त्रालयबीच सिहंदरबारमा छलफल


सञ्चार डबली
  • मंगलबार, वैशाख २५ २०८१
  • 7.0K
    SHARES

  • images
    महिला उद्यमी महासंघ नेपाल र अर्थमन्त्रालयबीच सिहंदरबारमा छलफल


    काठमाडौं । महिला उद्यमी महासंघ नेपालको कार्यकारी बोर्ड र अर्थमन्त्रालयका पदाधिकारीहरूबीच  सिहंदरबारमा छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ । आगामी आर्थिक वर्षको बजेट तर्जुमाका सम्बन्धमा महिला उद्यमीहरुसँग बसेको छलफल कार्यक्रममा अध्यक्ष शोमा ज्ञवालीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मागसहितको पत्र बुझाएको हो।

    अर्थमन्त्री वर्षमान पुनले उद्यमीहरूलाई हौसला, लगानी, सीपमूलक तथा प्राविधिक तालिम, सुलभ व्याज दरमा कर्जा उपलब्ध गराउनुका साथै विभिन्न क्षेत्रमा महिला सहभागिता बढाउन ध्यान पुप्याउनुपर्ने आवश्यकतामा जोड दिएका थिए । अर्थमन्त्री पुनले महिला उद्यमी महासंघले उधमशीलताको विकासमा सहयोग गर्दै आत्मनिर्भरताका लागि संगठित रूपमा खेलेको भूमिकाको प्रशंसा समेत गरेका थिए । 

    विद्यमान नीतिगत व्यवस्थालाई समयानुकुल परिमार्जन गर्ने प्रतिबद्धता जाहेर गर्दै मन्त्री पुनले महिला समावेशीकरणलाई राज्यको राजनीतिक पाटोसँग मात्र जोड्नुको साटो मूल धारमा ल्याउनुपर्ने आवश्यकता भएको बताए । उद्योग तथा लगानी प्रवद्र्धन कोष मार्फत महिला उद्यमशीलता विकास कोष कार्यक्रमलाई सक्रिय रूपमा परिचालन गर्ने व्यवस्था मिलाउन अध्यक्ष शोभा ज्ञवालीले आग्रह गरेकी थिइन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend