२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

एभरेष्ट बैङ्कको वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा


सञ्चार डबली
  • सोमबार, वैशाख २४ २०८१
  • 7.0K
    SHARES

  • images
    एभरेष्ट बैङ्कको वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

    काठमाडौँ, २४ वैशाख । एभरेष्ट बैङ्क लिमिटेडले आफ्नो वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय आफ्नै भवनमा स्थानान्तरण गरी सेवा सुरु गरेको छ । बैङ्कले हिजो आइबार आयोजित विशेष कार्यक्रमकाबिच वीरगंज महानगरपालिका वडा नं. १०, आदर्शनगरस्थित रहेको आफ्नो कार्यालय सोही नगरको वडा नं. ४ आदर्शनगरमा स्थानान्तरण गरी सेवा सुचारु गरेको हो । 

    उक्त स्थानान्तरण तथा शुभारम्भ कार्यक्रममा वीरगन्ज चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष हरी गौतम, बैङ्कका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्य लगायतका र सो क्षेत्रका उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । 

    सो कार्यक्रममा बैङ्कका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्पराज उपे्रतीले उक्त नव निर्मित आफ्नै भवनबाट ग्राहकहरूले अझ बृहत र परिष्कृत बैंकिङ्ग सेवा तथा सुविधा सरल, सुलभ र सहज रूपमा उपभोग गर्न सक्ने बताए । 

    पंजाब नेशनल बैङ्क भारत संग संयुक्त साझेदार रहेको यस बैङ्क स्थापना काल देखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैङ्कमा हालसम्म करिब १४ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरू, १६४ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एस्.एम् एस् बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । सो बैङ्कले नेपाल सरकारको राजस्व सङ्कलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend