२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

पाँच दिनको अवधिमा अन्डाको मूल्यमा पुनः फेरबदल 


सञ्चार डबली
  • सोमबार, वैशाख २४ २०८१
  • 9.8K
    SHARES

  • images
    पाँच दिनको अवधिमा अन्डाको मूल्यमा पुनः फेरबदल 


    काठमाडौ ।  पाँच दिनको अवधिमा अन्डाको मूल्यमा फेरबदल आएको छ । किसानलाई अन्डाको सही मूल्य प्रदान गर्नका लागि अन्डाको मूल्य फेरबदल गरिएको सरोकारले दाबी गरेका छन् ।

    वैशाख २० गते ३३० रुपैयाँ प्रतिक्रेट कायम गरिएको मिडियम साइजको अन्डा सोमबारदेखि ३५० रुपैयाँ कायम भएको छ । यस्तै, वैशाख २० गते प्रतिक्रेट ३७५ रुपैयाँ कायम भएको ठुलो अन्डा ३९५ रुपैयाँ प्रतिक्रेट पुगेको नेपाल लेयर कुखुरा पालक सङ्घले जनाएको छ । यस्तै, प्रतिक्रेट ३९५ रुपैयाँमा कारोबार हुँदै आएको सबै भन्दा ठुलो साइजको अन्डा ४१० रुपैयाँ कायम भएको छ ।  

    नेपाल अन्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले किसानलाई मूल्य प्रदान गर्नका लागि मूल्य फेरबदल गरिए पनि अझै लक्ष्यअनुसार किसानले मूल्य पाउन नसकेको बताए ।  ‘किसानबाट अन्डा खरिद गर्दा जोखेर किन्ने र खुद्रा बिक्री गर्दा गोटामा गरिन्छ’ उनले भने, ‘यसले किसानले मूल्य पाउँदैनन्, बिचौलियालाई मात्रै फाइदा हुन्छ ।’केसीले ४० देखि ५५ ग्राम तौलको अन्डा सानो र ५५ ग्राम बढीकोलाई ठुलो अन्डा भनेर वर्गीकरण गर्ने गरिएको बताए । 

    नेपाल लेयर कुखुरा पालक सङ्घका सचिव मदन पोखरेलका अनुसार किसानले लागत उठाउन नसकेकाले मूल्य थपघट गरिएको बताए ।  ‘किसानले दाना खुवाउन सक्दैनन्, गर्मीले ५० प्रतिशत उत्पादन कम छ,’ उनले भने, ‘माग बढी छ उत्पादन कम छ, त्यस कारण अन्डाको मूल्य बढेको हो ।’  उनका अनुसार देशभर दैनिक १८ देखि २० हजार गोटा उत्पादन हुने गरेकामा हाल १२ देखि १३ हजार गोटा मात्र अण्डा उत्पादन भइरहेको छ । नेपाल लेयर कुखुरा पालक संघको आइतबार बसेको बैठकले सोमबारदेखि लागू हुनेगरी अन्डाको मूल्य बढाउने निर्णय गरेको हो ।  बैठकले देशभर अण्डाको एउटै मूल्य लागू गर्नका लागि चितवनलाई आधार मानेको जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend