२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सेयर बजारमा २४.५८ अंकको गिरावट


सञ्चार डबली
  • आइतबार, वैशाख २३ २०८१
  • 8.1K
    SHARES

  • images
    सेयर बजारमा २४.५८ अंकको गिरावट
     

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २४.५८ अंकले घटेर १९७४.३७ विन्दुमा झरेको छ 

    आज ३१६ कम्पनिको ९७ लाख ६२ हजार ८०३ कित्ता सेयरको ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६ रुपैयाँमा खरिदबिक्री भएको छ । आज दुई समूहको उपसूचक बढ्दा ११ समूहको उपसूचक घटेको छ । 

    आज दोल्ती पावरको सेयर सर्वाधिक ९.५६ प्रतिशतले बढेको छ भने साधना लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त  वित्तीय संस्थाको ८.७२ प्रतिशले बढेको छ । त्यस्तै आज पिपुल्स पावरको सबैभन्दा बढी ९.९२ प्रतिशतले घटेको छ भने सिंगाटी हाइड्रोको ७.५५ प्रतिशतले घटेको छ ।   

    त्यसैगरी आज कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्षस्थानमा रहेको छ । आज नेपाल फाइनान्सको १२ करोड  ६४ लाख मूल्य बराबरको सेयर खरिदबिक्री भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको ११ करोड ९० लाख मूल्य बराबरको सेयर कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend