२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेपालमै उत्पादन गरिँदै हुण्डाईको भेन्यु गाडी, मूल्य समेत सस्तो पर्ने


सञ्चार डबली
  • शनिबार, वैशाख २२ २०८१
  • 9.3K
    SHARES

  • images
    नेपालमै उत्पादन गरिँदै हुण्डाईको भेन्यु गाडी, मूल्य समेत सस्तो पर्ने


    काठमाडौं । व्यापारिक घराना लक्ष्मी समूहले नेपालमै हुण्डाईका गाडी उत्पादनका लागि नवलपरासीमा एसेम्ब्लिङ प्लान्ट तयार पारेको छ। बैशाख २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने गरेपछि व्यवसायिक उत्पादन थाल्ने तयारीमा कम्पनी लागेको हो ।

    समूह नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता हो । लक्ष्मी कन्टिनेन्टलका अनुसार प्लान्ट गाडी उत्पादनका लागि तयार भइसकेको बताए । ‘सबै आधारभूत कामहरु सकिएको छ । आवश्यक इक्विपमेन्टहरु जडान भइसकेका छन । ‘बाहिर हरियाली, डेकोरेसन लगायतका कामहरु बाँकी छ । उनका अनुसार एसेम्ब्लिङ प्लान्टको परीक्षण र पाइलटिङसमेत भइसकेको छ । कम्पनीले प्लान्टबाट पहिलो चरणमा भेन्यु गाडी उत्पादन गर्ने लक्ष्य बनाएको छ । त्यसपछि बजारको माग अनुसार नयाँ मोडलका गाडीहरु उत्पादन हुनेछन । कम्पनीले प्लान्ट नवलपरासीको रामग्राम नगरपालिका ६ मा निर्माण गरेको छ । करिब १० बिघा जग्गामा एसेम्बीङ प्लान्ट फैलिएको छ । यो प्लान्टको १.५ युनिट पर आवर (युपीएच) क्षमता छ । अर्थात प्लान्टले एक घण्टामा १.५ युनिट गाडी उत्पादन गर्न सक्छ । ‘गाडीको माग कति हुन्छ, त्यसअनुसार हामी सिफ्ट बनाएर उत्पादन गर्छौं’ कम्पनीले जनाएको छ ।

    यो प्लान्टबाट १०० भन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन भने २०० जनाभन्दा बढीले रोजगारी पाउने दाबी गरिएको छ । करिब एक वर्षदेखि एसेम्ब्लिङ निर्माणको काम सुरु भएको थियो । प्लान्टका करिब डेढ अर्ब रुपैयाँ खर्चिएको छ ।

    गाडी आयात गरेर बेच्नेभन्दा यहि उत्पादन गरेर बेच्दा मूल्य घट्ने महाप्रबन्धक थपलियाको दाबी छ । ‘मूल्यमा फरक पर्छ । सस्तो पक्कै हुनेछ । फाइनान्स डिपार्टमेन्टले त्यसलाई हेरिरहेको छ । ‘ल्याएर बेच्ने जस्तो भएन । फ्याक्ट्री मोडालिटीमा गयो । फ्याक्ट्री पनि बाँचिरहनुपर्छ । तर गाडी केहि सस्तो हुन्छ । अहिले भेन्यु गाडीको मूल्य ४० लाख ९६ हजार रुपैयाँदेखि ५८ लाख ९६ हजार रुपैयाँसम्म पर्छ । भेन्यु पेट्रोल इन्जिन गाडी हो । यो गाडी २०७६ भदौ पहिलो साता लक्ष्मी ग्रुपले ल्याएर नेपाली बजारमा बिक्री गरिरहेको छ । उनले आधुनिक प्रविधिको प्रयोग गरेर प्लान्ट तयार पारेको दाबी गरे ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend