२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आयल निगम, विद्युत् प्राधिकरण र नेपाल वायुसेवा निगम नाफामा


सञ्चार डबली
  • शुक्रबार, वैशाख २१ २०८१
  • 5.5K
    SHARES

  • images
    आयल निगम, विद्युत् प्राधिकरण र नेपाल वायुसेवा निगम नाफामा

    काठमाडौं, बैशाख २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरू नाफामा गएको बताएका छन् । 

    शुक्रवार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगमलगायतका सार्वजनिक संस्थाहरु नाफामा गएका जानकारी दिएका हुन् । 

    ‘सार्वजनिक संस्था र संस्थान व्यवस्थापना सुधार गरिँदै छ । नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरु नाफामा गएका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने । 

    हालै सम्पन्न लगानी सम्मेलनमा उत्साहवद्र्धक रूपमा विदेशी लगानीकर्ताहरूको सहभागिताले फेरि नेपाललाई विकासको गति दिने आधार तय भएको दाबी गर्दै उनले आफूले नेतृत्व सम्हाल्दै गर्दा देशको आर्थिक स्थिति र अहिलेको देशको आर्थिक स्थितिमा धेरै सुधार भएको जिकिर गरे । 

    शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजश्व संकलनमा सुधारजस्ता कारणले अर्थतन्त्रका सूचकहरु बिस्तारै सकारात्मक दिशातिर अघि बढेको उनको भनाइ छ । 

    प्रधानमन्त्री प्रचण्डले वित्तीय नीति र मौद्रिक नीतिमा एकरूपता ल्याई लगानीको वातावरण सिर्जना गरिएको, बैंकको ब्याजदर घटाइएको  र लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको बताए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend