२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ‘मेरो घर कर्जा’ योजना, अधिकतम पाँच करोड रुपैयाँसम्म दिइने


सञ्चार डबली
  • शुक्रबार, वैशाख २१ २०८१
  • 9.6K
    SHARES

  • images
    राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ‘मेरो घर कर्जा’ योजना, अधिकतम पाँच करोड रुपैयाँसम्म दिइने

    २०८१ वैशाख २१ गते

    सञ्चार डबली

    काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (RBB) ले उपभोक्ता कर्जा निर्देशिका, २०७७ बमोजिम मेरो घर कर्जा योजना ल्याएको छ । घर खरिद, घर निर्माण तथा जग्गा खरिद गर्नका लागि अधिकतम पाँच करोड रुपैयाँसम्म दिइने मेरो घर कर्जाको ब्याजदर बेसरेटमा १.२० प्रतिशत प्रिमियम जोडिने छ । 

    हाल बैंकको बेसरेट ८.२५ प्रतिशत छ यसमा १.२० प्रतिशत प्रिमियम जोड्दा वार्षिक ९.४५ प्रतिशत ब्याजदरमा बैंकले मेरो घर कर्जा लगानी गर्नेछ । कर्जा प्रशोधन तथा सेवा शुल्क एकपटकका लागि कर्जा रकमको ०.२५ प्रतिशत लाग्नेछ । कर्जा रकम मासिक किस्ताबन्दीमा (EMI) भुक्तानी गर्ने गरी अधिकतम २० वर्षका लागि प्रदान गरिनेछ । बैंकको यो योजनाले ग्राहकलाई घर खरिद, जग्गा खरिद तथा घर बनाउने सपना पूरा गर्न सहज हुनेछ । वातावरणमैत्री गतिविधिहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले बैंकले दिगो विकास लक्ष्य अनुरुप विभिन्न बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ । देशभर रहेका यस बैंकका कुनै पनि शाखा कार्यालयबाट यो घर कर्जा सुविधा लिन सकिने बैंकले जनाएको छ । 

    इको-फ्रेन्डली घररभवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरण-मैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि यो कर्जा लिन सकिनेछ । यसका साथै वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको-फ्रेन्डली भवनहरूको मर्मतसम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिनेछ ।

    हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २८६ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ७० वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend