२०८१ वैशाख २१ गते
काठमाडौं । नबिल बैंक लिमिटेडले ‘नबिल ढुक्क घर कर्जा’ योजना ल्याएको छ । बैंकले २० वर्ष सम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउन दुई स्थिर ब्याजदरमा सुलभ कर्जा ल्याएको हो । बैंकले ७ वर्षको लागि प्रति वर्ष १०.९९ प्रतिशत र १० वर्षको लागि प्रति वर्ष ११.९९ प्रतिशत स्थिर ब्याजदरको योजना रहेको छ । घरधनीले आफ्नो कर्जा अवधिभर तोकिएको सुलभ ब्याजदरमा आश्वस्त हुन बैंकले हरेक महिना तिर्नु पर्ने प्रिमियम दरमा हुने परिवर्तनको कुरालाई ध्यानमा राखेर ‘नबिल ढुक्क घर कर्जा’ ल्याइएको हो । बैंकको यो योजनाले ग्राहकलाई घर बनाउने सपना पूरा गर्न सहज हुनेछ ।
वातावरणमैत्री गतिविधिहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले बैंकले दिगो विकास लक्ष्य अनुरुप विभिन्न बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ । यस योजना अन्तर्गत सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ्ग तथा २ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड समेत निशुल्क जारी गरिनेछ । देशभर रहेका यस बैंकका कुनै पनि शाखा कार्यालयबाट यो घर कर्जा सुविधा लिन सकिने बैंकले जनाएको छ ।
इको-फ्रेन्डली घररभवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरण-मैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि यो कर्जा लिन सकिनेछ । यसका साथै वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको-फ्रेन्डली भवनहरूको मर्मतसम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिनेछ ।
नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिल बैंकले २० लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभर रहेका २ सय ६६ शाखा कार्यालय र ३ सय १३ वटा एटीएम मेसिनमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।


