२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपाली उद्योग तथा व्यवसायलाई प्रवद्र्धन गर्ने नीतिमा क्रियाशील रहनेः प्रकाशशरण महत


सञ्चार डबली
  • शनिबार, जेठ ६ २०८०
  • 9.4K
    SHARES

  • images
    नेपाली उद्योग तथा व्यवसायलाई प्रवद्र्धन गर्ने नीतिमा क्रियाशील रहनेः प्रकाशशरण महत

    काठमाडौं, ६ बैशाख । अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रको पछिल्लो अवस्था र सूचकका बारेमा छलफल गरेका छन् । उनले नेपाली उद्योगी व्यवसायीलाई ‘प्रमोट’ गर्नेजस्ता कुरालाई आउँदो बजेटमा प्राथमिकता दिने र बढीभन्दा बढी नेपाली उद्योग तथा व्यवसायलाई प्रवद्र्धन गर्ने नीतिमा क्रियाशील रहने बताएका छन् ।

    अर्थमन्त्री डा.महतले भने, “ज्ञानलाई सम्पूर्णरुपमा उपयोग गरेर ‘सिस्टम’मा भएको समस्यालाई धकेल्ने हो, समस्यालाई कसरी धकेलेर बाहिर निकाल्ने हो भन्ने कुरामा सबै जानकार छन् । छलफलमा उनलाई सांसदहरुले वर्तमान अर्थतन्त्रका बारेमा विभिन्न जिज्ञासा राखेका छन् ।

    सांसदहरुको प्रश्नको जवाफमा डा.महतले भने, “स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नु हुँदैन, तर हामी नेपालमै अवसर सिर्जना गर्दै लैजाने हो, यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ, यसमा दुई मत छैन, युवाको क्षमता छ, देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौँ ।”

    उनले देशभित्र उत्पादन कसरी बढाउने भन्ने कुरालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । उनले भने “नेपालमा अहिले जुन उद्योग व्यवसाय छ, त्यसमा धेरैजसो हाम्रो ‘भ्यालु एडसिन’ कम छ, हामी चाहन्छौँ, यो भ्यालु एडिसन ज्यादाभन्दा ज्यादा देशभित्र नै होस् भन्ने कुरा प्राथमिकतामा रहन्छ ।”

    अर्थमन्त्री महतले अर्थतन्त्रको सुधारका लागि आफ्नो ज्ञान र अनुभवलाई उपयोग गर्ने, ठूलो स्वरमा कुरा नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । “सुधारको आवश्यकता छ, यसलाई इमान्दारिका साथ काम गर्छु, तर दुई महिनाभित्र मेरो ज्ञान र अनुभव उपयोग गरेर सारा समस्या सफाचट हुन्छ म भन्दिन, अवश्य पनि नीति कार्यक्रममा क्रमशः सुधार गरिने छन्, धेरैजसो यसपाली गरिनेछ, कतिपय कुरा क्रमशः गरिँदै लगिनेछ ।”

    विकास निर्माणको काम र योजनामा कार्यान्वयनमा नै मूल चुनौती देखिएको जनाउँदै उनले आर्थिक वर्षको नौ महिनापछि स्रोत उपलब्ध गराइदिनुपर्यो भनेर आउने प्रवृत्तिलाई निरुत्साहित गरिएको बताए ।

    उनले भने, “पुँजीगत खर्च, राजस्व परिचालनले गुणस्तरीय उत्पादन हुन्छ कि हुँदैन भन्नेमा मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ, मैले आफ्नो ‘टिम’मा यी कुरा बलियोसँग राखेको छु, सिस्टमबाट आएका कुरा ठीक छन कि छैनन् भनेर सबै कुरा दिनरात हेरिरहेको छु, यहाँ राजनीतिक दल यो वा त्यो भनेर हेरेको छैन, यहाँ देश र जनताको कुरा छ, म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्छु ।”

    राजस्व घटेको स्थानमा आफूले हेरिरहेको उल्लेख गर्दै उनले भने, “अहिले राजस्व कम उठ्यो, त्यही आधारबाट माथि उठेर हामीले कामको सुरुवात गरेका छौँ, त्यसलाई हामी सुधार गर्छौं, यति गर्दागर्दै पनि यो आर्थिक वर्षमै गति लिएर ३५–४० प्रतिशत बढी राजस्व उठाउन सक्छु भन्ने अवस्था छैन ।”

    वैदेशिक ऋणले हाम्रो अर्थतन्त्रलाई सहयोग पुगेको छ कि छैन ? यसको समीक्षा हुन जरुरी रहेको उहाँको भनाइ छ । सो सन्दर्भमा समीक्षा गरेर आवश्यकताअनुसार ऋण ल्याउन पनि आजको भोलि नै सम्भव नभएको उनको भनाइ छ ।

    उनले भने, “यसको पनि सीमा छ, योसँगै हामीले खर्च गर्ने क्षमता पनि देखाउन आवश्यकता छ, हाम्रो साँवा र ब्याज एकदमै बढ्दै गएको छ, भूकम्पका बेलामा लिएको ऋणको पनि भुक्तानी भइसकेको छैन, ऋण भुक्तानीमा हामीले ध्यान केन्द्रित गर्न थाल्यौ भने साधारण र पुँजीगत खर्चमा दबाब सिर्जना हुन्छ ।”

    उनले आफ्नो क्षमता र योग्यताले भ्याएसम्म प्रणालीमा देखिएको समस्या समाधान गर्न प्रयत्नरत रहने बताएका छन् । उनले अवरोध पन्छ्याउँदै स्पष्ट मार्गचित्र कोर्न इमान्दार र समर्पणका साथ काम गर्दै जाने उल्लेख गरे ।

    बैठकमा सांसदहरु सूर्यबहादुर थापा, पदम गिरी, डा स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, ज्ञानेन्द्र शाहीलगायतले अर्थमन्त्री डा महतसँग अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा जिज्ञासा राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend