२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रशंशा गर्न लायकः माधव नेपाल


सञ्चार डबली
  • शनिबार, जेठ ६ २०८०
  • 8.3K
    SHARES

  • images
    सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रशंशा गर्न लायकः माधव नेपाल

    काठमाडौं, ६ बैशाख । सरकारको नीति तथा कार्यक्रम जनताको समस्या समाधान गर्ने गरी आएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

    आज जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रशंशा गर्न लायक भएको बताएका छन् । ‘सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा देश र जनताको समस्या समाधानका उपाय खोज्ने गरी ल्याइएको छ’ नेपालले भने ।

    अध्यक्ष नेपालले मधेस सरकारको नेतृत्व तत्काल परिवर्तन गर्ने पक्षमा सत्तारुढ गठबन्न नरहेको जनाएका छन् । ‘मधेस सरकारको अहिले नेतृत्व परिवर्तन गर्ने पक्षमा सत्तारुढ गठबन्न छैन, यही सरकारमा अन्य दललाई पनि समावेश गर्ने गरी अघि बढछौं’ उनले भने ।

    उनले रेशम चौधरीलाई जेलबाट रिहा गर्नका लागि पहलकदमी भईरहेको पनि जनाएका छन् । ‘सर्वोच्च अदालतको फैसालाले रेशम चौधरीको रिहाईका लागि केही अबरोध गरेको छ तर अर्को बिकल्प खोजी गरी रिहा गर्ने कोशिशमा हामी रहेका छौ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend