२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

दक्षिण कोरियाली राष्ट्रपति र प्रधानमन्त्री मोदीबीच भेटवार्ता


सञ्चार डबली
  • शनिबार, जेठ ६ २०८०
  • 9.5K
    SHARES

  • images
    दक्षिण कोरियाली राष्ट्रपति र प्रधानमन्त्री मोदीबीच भेटवार्ता


    काठमाडौं, ६ बैशाख । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुवै पक्षबीच पारस्परिक सम्बन्ध विस्तारका साथै प्रतिरक्षा र व्यापारीक सम्बन्ध प्रवद्र्धनबारे विचारविमर्श भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बताएका छन् । 

    कोरियासँगको विशेष राजनीतिक साझेदारी र दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका सन्दर्भमा पनि छलफल भएको प्रवक्ता बाग्चीले बताएका छन् । दुवै पक्षले व्यापार, लगानी र प्रविधिका क्षेत्रमा सहकार्य गर्न सहमति जनाएका छन् । प्राविधिक उपकरण उत्पादन, प्रतिरक्षा र संस्कृति सम्बन्ध विस्तारबारे पनि नेताद्वयबीच विचारविमर्श भएको जनाइएको छ । 

    कोरियाली राष्ट्रपति र भारतीय प्रधानमन्त्रीले भारतले गरेको जी ट्वेन्टी तथा कोरियाले गरेको हिन्द–प्रशान्त रणनीतिको अध्यक्षताबारे पनि छलफल गरेका थिए । भारतीय प्रधानमन्त्रीको कार्यालयले कोरियाली राष्ट्रपतिसँगको प्रधानमन्त्री मोदीको भेटवार्ता फलदायी रहेको बताएको छ । दुवै मुलुकबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको चर्चा गर्दैैै प्रधानमन्त्रीको कार्यालयले दुई नेताबीचको वार्ता विकासका विषयमा केन्द्रित रहेको जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend