५ जेठ, काठमाडौं । सरकारले राष्ट्रिय परिचय पत्र लिन अनिवार्य गर्ने घोषण गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
राष्ट्रपति पौडेलले भनेका छन, नीति तथा कार्यक्रममा अगामी तीन बर्ष भित्र बैंक खाता खोल्न, सवारीचालक अनुमति पत्र लिन, जग्गाधनी लालपुर्जा जारी गर्दा र स्थायी लेखा नम्बर लिंदा अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र नम्बर उल्लेख गर्नु पर्ने व्यवस्था गरिने छ ।


