२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नीति तथा कार्यक्रममाथि चारदिन छलफल हुने, प्रधानमन्त्री (प्रचण्ड)ले जवाफ दिने


सञ्चार डबली
  • शुक्रबार, जेठ ५ २०८०
  • 8.6K
    SHARES

  • images
    नीति तथा कार्यक्रममाथि चारदिन छलफल हुने, प्रधानमन्त्री (प्रचण्ड)ले जवाफ दिने

    शुक्रबार, जेठ ५, २०८०
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको सम्बोधनको प्रति संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा टेबुल गरेका छन्  ।

    शुक्रबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन टेबल भएपछि सभामुख देवराज घिमिरेले धन्यवादको प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव सर्वसम्म‍तिले पारित भएको छ । 

    अब प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि जेठ ७, ८, ९ र ११ गते छलफल हुने छ । छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने छन् । सांसदहरूले नीति तथा कार्यक्रममा संशोधन राख्न चाहे शनिबार (भोलि) बिहान ११ बजेदेखि २ बजेभित्र नाम दर्ता गराउनुपर्ने छ । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend