२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

दार्चुलामा माथिबाट खसेको ढुङ्गाले लागेर यार्सागुम्बा सङ्कलकको मृत्यु


सञ्चार डबली
  • शुक्रबार, जेठ ५ २०८०
  • 9.8K
    SHARES

  • images
    दार्चुलामा माथिबाट खसेको ढुङ्गाले लागेर यार्सागुम्बा सङ्कलकको मृत्यु

    २०८० जेठ ५ शुक्रबार
    खलङ्गा । दार्चुलामा ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ कुन्तिमा  यार्सागुम्बा सङ्कलनका क्रममा व्यास गाउँपालिका–१ छाङरुका ४२ वर्षीय वीरसिँह ऐतवालको मृत्यु भएको छ । अर्का एक सङ्कलक घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । यार्सागुम्बा सङ्कलन गर्ने क्रममा  माथिबाट खसेको ढुङ्गाले उनको टाउकोमा चोट लागेको थियो । ऐतवालको घट्नास्थलमै मृत्यु भएको उनले बताए । 

    सितापुल प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घाइते पुष्कर ऐतवालको उद्धार गरेको छ । सामान्य चोट लागेका उनको घरमै प्राथमिक उपचार भइरहेको चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक  प्रकाशबहादुर  सिंहले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend