२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

ठूला भ्रष्टाचारको काण्डमा सबै दलको ठूला नेताहरुको संलग्नता छ –राजेन्द्र लिङ्देन


सञ्चार डबली
  • बिहीबार , जेठ ४ २०८०
  • 10.0K
    SHARES

  • images
    ठूला भ्रष्टाचारको काण्डमा सबै दलको ठूला नेताहरुको संलग्नता छ –राजेन्द्र लिङ्देन


    काठमाडौं, ४ वैशाख । ठूला भ्रष्टाचारको काण्डमा सबै दलको ठूला नेताहरुको संलग्नता रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दाबी गरेका छन् । आज वसन्तपुरमा भ्रष्टाचारविरोधी प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचारमा ठूला दलहरुको सर्वदलीय सहमति जस्तो रहेको उल्लेख गरेका छन् । 

    अध्यक्ष लिङ्देनले भने, ‘ठूला भ्रष्टाचारका काण्डहरुमा सबै दलका ठूला दलका नेताहरुको संलग्नता भएकै कारण जतिसुकै भ्रष्टाचार मुद्दा सार्वजनिक भए पनि आयोग गठन गर्ने, अनुसन्धान गर्ने नाममा फासफुस बनेर गएका छन् ।

     त्यसैले अहिलेसम्म सबै भ्रष्टाचारका काण्डहरुमा ठूला दलको संलग्नता छ । सर्वदलीय सहमति जस्तो छ भनेर हामीले भन्दै आएका थियौं । अहिले यो प्रमाणित भएको छ ।’अध्यक्ष लिङ्देनले गाउँघरतिर नेता आउँदा चोर आए भन्छन् भनेर दिएको अभिव्यक्ति अहिले पुष्टि भएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend