२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने


सञ्चार डबली
  • बिहीबार , जेठ ४ २०८०
  • 9.2K
    SHARES

  • images
    गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने


    काठमाडौं, ४ जेठ । लमजुङ जिल्ला र गोरखाका चारवटा पालिका जोडेर बुद्ध हिमाल–हिमालचुली–ग्रेटलेक सर्किट ट्रेल बनाइने लमजुङ ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) ले लमजुङको उत्तरी पर्वतीय क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने भएको छ । बुधबार दोर्दी गाउँपालिकामा भएको स्थानीय तह प्रमुखहरूसंगको बैठकले पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम तय गरेको छ ।

    विगत ४५ बर्षदेखि पर्वतीय पर्यटन क्षेत्रमा काम गर्दै आएको टानले गोरखाको अजिरकोट गाउँपालिका र लमजुङको पूर्वी उत्तरी क्षेत्रहरु, दोर्दी, दुधपोखरी र मर्स्याङ्दी गाउँपालिकालाई जोडेर पर्वतीय पर्यटन प्रवर्द्धनको कार्यक्रम बनाईएको टानका अध्यक्ष निलहरि बास्तोलाले बताए।

    दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बुद्ध हिमाल, हिमालचुली, ग्रेट लेक सर्किट ट्रेलको लागि गोरखाको अजिरकोट गाउँपालिका, लमजुङको दोर्दी, दुधपोखरी र मर्स्याङ्दी गाउँपालिका बिच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

    उक्त सर्किट ट्रेल निर्माणका लागि दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको संयोजकत्वमा समन्वय समिति निर्माण गरिएको छ । समितिको सदस्यहरुमा मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, अजिरकोट गाउँपालिका अध्यक्ष दिपक देपकोटा, दुधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङ र टानका द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ रहेका छन् ।

    यसैगरी बुद्ध हिमाल, हिमालचुली, ग्रेट लेक सर्किट ट्रेल निर्माणका लागि अजिरकोट र दुधपोखरी गाउँपालिकाको सिमानामा राईनास नगरपालिका, दोर्दी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकाको सिमानामा बेसीशहर नगरपािलका भएकाले राईनास र बेसीशहर साझेदारी र सहकार्य गर्नका लागि उक्त राईनास नगरपालिका, बेसीशहर नगरपालिका र नासो गाउँपालिका जोड्ने निर्णय गरिएको छ ।

    कार्यक्रममा दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, दुधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङ, अजिरकोट गाउँपालिका अध्यक्ष दिपक देवकोटा, टानका अध्यक्ष निलहरि बास्तोला, दोर्दी गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घले, दुधपोखरी गाउँपालिका उपाध्यक्ष क्षेत्रबहादुर गुरुङ,अजिरकोट गाउँपालिका उपाध्यक्ष अनिता भुजेल, दोर्दी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सम्सेर गुरुङ, दुधपोखरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्याय, अजिरकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज अवस्थी, टानका उपाध्यक्ष धनबहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो ।

    सो कार्यक्रममा आफ्नो ठाउँबाट पर्वतीय पर्यटन प्रवर्द्धनमा के के गर्न सकिन्छ भनि विभिन्न छलफल गरी सम्झौतापत्रमा हस्ताक्षर गरिएको टानको प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाइले बताए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend