२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम : कुन–कुन प्रदेशमा हुनेछ आज वर्षा ?


सञ्चार डबली
  • बिहीबार , जेठ ४ २०८०
  • 28.7K
    SHARES

  • images
    आजको मौसम : कुन–कुन प्रदेशमा हुनेछ आज वर्षा ?

    बिहीबार, जेठ ४, २०८० सञ्चार डबली
    काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहँदा आज पनि देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ । विशेषतः पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ । 
     
    आज बिहान कोसी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया  सफा रहनेछ । 

    कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

    आज राति कोसी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेनेछ । अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशका थोरै स्थानमा र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको हुनाले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend