२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

जबराको महाअभियोग प्रस्ताव निष्क्रिय भएको निर्णयविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा


सञ्चार डबली
  • बुधबार, जेठ ३ २०८०
  • 9.5K
    SHARES

  • images
    जबराको महाअभियोग प्रस्ताव निष्क्रिय भएको निर्णयविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा

     

    काठमाडौं, ३ वैशाख । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको संसद् सचिवालयको निर्णयविरुद्ध  सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखिएको छ ।

    जबराविरुद्ध परेको महाअभियोगको प्रस्ताव निस्क्रिय भएको संसद् सचिवालयका महासचिवको निर्णयविरुद्धको  रिटको बुधबार ‘हेर्दाहेर्दै’मा राखिएको हो । अब अर्को यही जेठ ३१ का लागि तोकिएको छ । तर, यसअघि निवेदक तथा प्रत्यर्थी दुवैलाई बहसनोट पेस गर्न इजलासले आदेश दिएको छ ।

    अघिल्लो प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै गत २० मंसिरमा जबराले आफूविरुद्ध दायर भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको र यसको सूचना उपलब्ध गराउन माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका थिए ।

    सो निवेदनको माग सम्बोधन गर्दै महासचिव डा.भरतराज गौतमले मंसिर २१ गते महाअभियोग निष्क्रिय भएको पत्र सर्वोच्च अदालत प्रशासनमा पठाएका थिए । तर, सोही दिन यसविरुद्ध सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले संयुक्त रूपमा पत्र असंवैधानिक भएको भन्दै रिट दायर गरेका थिए ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend