२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

मदन आश्रित स्मृति दिवसमा बल्खुमा एमालेले विशेष कार्यक्रम गर्दै


सञ्चार डबली
  • बुधबार, जेठ ३ २०८०
  • 9.2K
    SHARES

  • images
    मदन आश्रित स्मृति दिवसमा बल्खुमा एमालेले विशेष कार्यक्रम गर्दै


    काठमाडौं, ३ जेठ । नेकपा (एमाले)ले तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा आज मदन नगर, बल्खुमा विशेष कार्यक्रम गर्दैछ ।

    एमालेका अनुसार ‘मदन–आश्रित स्मृति’ कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका शीर्ष नेताहरूले जननेता भण्डारी र नेता आश्रितको तस्वीरमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने छन् ।

    विहान ७.४५ बजे हुने सो कार्यक्रममा उपस्थितिका लागि एमालेले नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूलाई निमन्त्रणासमेत गरेको जनाएको छ ।जननेता भण्डारी र नेता आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा षडयन्त्रपूर्ण दुर्घटनाबाट निधन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend