२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आज पनि राप्रपा केन्द्रिय समिति बैठक जारी, केन्द्रिय सदस्यलाई आज जवाफ दिइने


सञ्चार डबली
  • बुधबार, जेठ ३ २०८०
  • 9.3K
    SHARES

  • images
    आज पनि राप्रपा केन्द्रिय समिति बैठक जारी, केन्द्रिय सदस्यलाई आज जवाफ दिइने


    काठमाडौं, ३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रिय समिति बैठक आज पनि बस्दैछ । सोमवारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा केन्द्रिय सदस्यहरुले राखेको धारणाको जवाफ आज दिइँदैछ ।

    अध्यक्ष लिङ्देनले पेश गरेको राजनीतिक प्रतिवेदन उपाध्यक्ष हेमजङ गुरुङले सचिवालय सम्बन्धी प्रतिवेदन, महामन्त्री धवलशम्शेर राणाले संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष नीलकण्ठ काफ्लेको आर्थिक सम्बन्धी प्रतिवेदन माथी केन्द्रिय सदस्यहरुले राखेको धारणाको जवाफ दिइने प्रवक्ता सगुन लावतीले जानकारी दिए । हिजोको बैठक ९ घन्टासम्म चलेको थियो भने सबै केन्दिय सदस्यहरुले ३–३ मिनेटमा आपःनो धारणा राखेका थिए ।

    अध्यक्ष लिङदेनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बिदेशी इशारामा चल्न थाले पछि सरकार छाडनु परेको, नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा पनि बिदेशी संलग्न रहेको, प्रचण्ड नेतृत्वको सरकार भ्यागुताको धार्नी नपुगे जस्तै हुने मार्गमा रहेको, सरकार निर्माण र विघटनमा बाह्य प्रभावका रहने गरेको र जसकाकारण राष्ट्रिय लज्जाको विषय बन्न पुगेको जस्ता बुँदा उल्लेख गरेर प्रतिवेदन पेश गरेका छन् ।

    भ्रष्टचारको बिरुद्धमा निमर्म भएर उभिन पनि पार्टी पंक्तिलाई आग्रह गरेका अध्यक्ष लिङदेनले मुख्य दलका अराजनीतिक गतिबिधि र भ्रष्ट प्रवृतिका कारण संबैधानिक राजतन्त्रको औचित्य अझै बढन गएको निष्कर्षसहित पेश गरेका प्रतिवेदनमा हिजो केन्द्रिय सदस्यहरुले आ–आफनो धारणा राखेका थिए । जसअनुसार अध्यक्षको प्रतिवेदनको केही बुँदाहरु संसोधन गर्नुपर्ने केन्द्रिय सदस्यहरुको धारणा रहेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend