२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एम्बुलेन्स दुर्घटनामा परेकी गोरखाका श्रृजनाको शल्य क्रिया गरि बच्चा निकालियो


सञ्चार डबली
  • मंगलबार, जेठ २ २०८०
  • 14.6K
    SHARES

  • images
    एम्बुलेन्स दुर्घटनामा परेकी गोरखाका श्रृजनाको शल्य क्रिया गरि बच्चा निकालियो

    गोरखा, २ जेठ । सुत्केरी गराउन चितवन लिएर गएको एम्बुलेन्स दुर्घटनामा परेकी महिलाको शल्य क्रिया गरेरी बच्चा निकालिएको छ । दुर्घटना हुँदा गोरखा नगरपालिका–६ निवासी २८ बर्षकी श्रृजना गौतम गंभिर घाईते भएकी थिइन । सुत्केरी गराउन चितवन तर्फ जाँदै गरेको ग ३ च १५०८ नम्बरको एम्बुलेन्स मंगलबार बिहान १ः४० बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गंभिर घाइते भएकी श्रृजनाको चिकित्सकहरुले शल्यक्रिया गरेर बच्चा निकालेको हो । गौतमको शफल शल्य क्रिया भएको नयाँ मेडिकल कलेजका चिकित्सकहरुले जानकारी दिएका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक निर्मल पनेरुले दिएको जानकारी अनुसार एम्बुलेन्स दुर्घटनामा परेकी श्रृजनाको अनुहारमा चोट लागेको छ भने देब्रे खुट्टा भाँचिएको छ । घाईते श्रृजनाको अवस्था सामान्य देखिएको छ भने बिहीबार खुट्टाको अप्रेशन गर्नुपर्ने चिकित्सको भनाई छ ।

    श्रृजनालाई सुत्केरी गराउनको लागि एपोलो अस्पतालको एम्बुलेन्स मार्फत चितवनको भरतपुर तर्फ लादै गर्दा भरतपुर महानगर पालिका–१ को रामनगर स्थित नारायणगढ–मुग्लिङ सडक खण्डमा साइडमा रोकिरहेको ना ७ ख ६४ नं. को ट्रक संग एम्बुलेन्स ठोकिन पुगेको थियो । आमा र बच्चा दुवैलाई अहिले आईसियुमा राखेर उपचार भईरहेको चितवन प्रहरी कार्यलयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend