२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

रुसी तेल भारतले युरोपमा बेच्यो, अब बन्द गर्नुपर्छः युरोपेली विदेश प्रमुख बोरेल


सञ्चार डबली
  • मंगलबार, जेठ २ २०८०
  • 10.1K
    SHARES

  • images
    रुसी तेल भारतले युरोपमा बेच्यो, अब बन्द गर्नुपर्छः युरोपेली विदेश प्रमुख बोरेल


    काठमाडौं, २ जेठ ।  युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले रुसी तेललाई प्रशोधित इन्धनका रूपमा भारतले युरोपमा बिक्री गरेको भन्दै युरोपेली संघले कारबाही गर्नुपर्ने बताएका छन् ।

    आज फाइनान्सियल टाइम्समा प्रकाशित एक लेखमा, ‘रुसबाट भारतमा तेलको प्रवाह रोक्न हामीले कदम चाल्नु पर्छ’ भनेका छन् । मस्कोले युक्रेनमा आक्रमण गरेदेखि रूसी तेलको सबैभन्दा ठूलो खरीददारहरू मध्ये एक भारत भएको उल्लेख गर्दै सो उनले सो कदम रोक्नका लागि प्रयास गर्नुपर्ने बताएका छन् । 

    ‘यदि डिजेल वा पेट्रोल युरोपमा प्रवेश गर्दैछ, भारतबाट रुसी तेल आउँदैछ भने यो निश्चित रूपमा छलछाम हो र युरोपेली सदस्य राष्ट्रहरूले अब नयाँ कदम चाल्नु पर्छ,’ उनले भनेका छन् ।

     ‘यदि तिनी (भारत) ले बेच्छ हामी (युरोप) कसले किन्दैछ भनेर अब हेर्नु पर्छ,’ उनले अगाडी भनेका छन् । अहिलेसम्म रुसी तेल युरोपमा बेच्ने भारतको काम कारबाही रोक्नका लागि युरोपेली संघले कुनै कदम चालेको छैन। यद्यपि, बोरेलले भनेका छन कि अब मुद्धा भारतका विदेशमन्त्रीसँग उठाउनेछन्, जसलाई उनले आज भेट्दैछन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend