२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

म्यान्मारमा मोखा आँधीः ६ को मृत्यु, २० हजार भन्दा बढी शिविरमा आश्रित


सञ्चार डबली
  • मंगलबार, जेठ २ २०८०
  • 8.4K
    SHARES

  • images
    म्यान्मारमा मोखा आँधीः ६ को मृत्यु, २० हजार भन्दा बढी शिविरमा आश्रित


    काठमाडौं, २ जेठ । म्यान्मारमा मोखा नामक आँधिवेहोरी कारण ६ जनाको मृत्यु भएको छ । सो आँधिबेहोरीमा परी झन्डै २० हजार मानिसले शिविरहरुमा आश्रय लिईरहेका छन् । यसैबिच, म्यानमारको पश्चिमी तटमा ३.६ मिटर गहिरो समुद्री पानीमा फसेका करिब १ हजार मानिसहरूलाई उद्धारकर्ताहरूले निकालेका छन् ।

    म्यान्मारमा आएको एक शक्तिशाली चक्रवातले सयौं घाइते भएका छन भने सो क्षेत्र आसपासको सञ्चार सेवा अवरुद्ध भए पछि कति जनाको मृत्यु भएको तथा घाइते भएको अझै खुल्न सकेको छैन ।

    उता, सिट्वेमा रहेको राखाइन युवा परोपकारी संघका अगुवाका अनुसार सिट्वे टाउनशिपको उच्च भूभागमा रहेका मठ, प्यागोडा र विद्यालयजस्ता मजबुत भवनहरूमा आश्रय लिइरहेका करिब २० हजार मानिसहरू मध्ये ७ सय जना भन्दा बढी मानिसलाई शक्तिशाली हावाले घाइते बनाएको छ।

    ‘हिजो साँझ ४ बजेपछि हावाहुरी अलिकति कमजोर भए पनि पानी कम भएन । धेरैजसो रातभर आफ्नो घरको छत र अग्लो ठाउँमा बसे। रातभर हावा चल्यो,’ उनले एपीसँग भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend