२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • सोमबार, चैत ५ २०८०
  • 9.6K
    SHARES

  • images
    सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा


    काठमाडौं । सानिमा बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । सानिमाका आफ्नै संस्थापक सेयरधनीले आफ्नो सेयर बिक्री गर्न लागेको हो ।उक्त सेयरको लागि निवेदन दिएपछि सेयर बिक्री खुला गरिएको बैंकले जनाएको छ । यसमा सानिमाकै अन्य संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । 

    यसमा आजदेखि ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । 

    सेयरको न्यूनतम भाउ प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन परेन भने अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले सूचनामा उल्लेख गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend