२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आज कुन तरकारी तथा फलफूलको बजार मूल्य कति ?


सञ्चार डबली
  • बिहीबार , चैत १ २०८०
  • 8.1K
    SHARES

  • images
    आज कुन तरकारी तथा फलफूलको बजार मूल्य कति ?


    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर २००, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, अम्बा २५०, भारतीय सुन्तला ९०, आभोकाडो ५०० र स्ट्रबेरी भुईऐसेलु २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

    समितिका अनुसार नेपाली ठूलो गोलभेडा ६०, भारतीय ठूले गोलभेडा ७०, अदुवा २००, रातो आलु ३५ र रातो भारतिय आलु ३७ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली २५, लौका ६०, कागती २२०, लोकल काक्रो १००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १८० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

    लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा २५, हाइब्रीड सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ७० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ र टाटे सिमी ९० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ४० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग र रायोको साग ३० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग र जिरीको साग ६० रुपैयाँमा कारोबार हुनेछ।

    गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७५, हरियो प्याज ३० र पुदीना २५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २२०, हरियो लसुन ९० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ६०, भिण्डी १०० र हरियो धनिया ५० रुपैयाँ पाइने समितले जनाएको छ। उता, ताजा छडी माछा २६० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २६०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend