२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 मार्जिन कारोबारका लागि ११२ वटा सूचीकृत कम्पनी योग्य


सञ्चार डबली
  • सोमबार, फागुन १४ २०८०
  • 11.7K
    SHARES

  • images
     मार्जिन कारोबारका लागि ११२ वटा सूचीकृत कम्पनी योग्य

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबारका सुविधाका लागि योग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको छ ।सोमबार नेप्सेले सार्वजनिक गरेको सूचीअनुसार ११२ वटा सूचीकृत कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य रहेको जनाएको छ । 

    जसमध्ये १९ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, ५ वटा फाइनान्स र १६ वटा हाइड्रोपावर समूहका कम्पनी रहेका छन् । यस्तै, जीवन बिमा समूहबाट ७ वटा, निर्जीवनबाट ९ वटा र ४० वटा लघुवित्त कम्पनीहरु पनि मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ ।

     यता, जलविद्युत लगानी तथा विकास कम्पनी, नागरिक लगानी कोष, हिमालन डिस्टिलरी, शिवम् सिमेन्ट्स, नेपाल पुनर्बिमा कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल दूरसञ्चार कम्पनी पनि मार्जिन कारोबारका लागि योग्य रहेका छन् ।यो सुची हेर्नुहोस्

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend