२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

एफपीओ जारी गर्दै स्वरोजगार लघुवित्त


सञ्चार डबली
  • सोमबार, फागुन १४ २०८०
  • 9.7K
    SHARES

  • images
    एफपीओ जारी गर्दै स्वरोजगार लघुवित्त


    काठमाडौं । स्वरोजगार लघुवित्तको वार्षिक साधारण सभा बस्ने भएको छ। सभा फागुन २६ गते नेपाल हाउस हात्तीसार, काठमाडौंमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ। साधारण सभामा संस्थाले कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ। 

    सभामा ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ।आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ। 

    थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ। सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरि सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन पनि गर्नेछ। सभा प्रयोजनार्थ कम्पनीले फागुन १३ गते आइतबार बुक क्लोज गरिसकेको छ। बुक क्लोजभन्दा अगाडि कायम रहेका सेयरधनीले मात्र लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन्। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend