२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

इयु, अष्ट्रेलिया र जी ७ का देशहरूले भारतवाट रूसी तेल खरिद गरिरहेको खुलासा


सञ्चार डबली
  • बिहीबार , फागुन १० २०८०
  • 8.0K
    SHARES

  • images
    इयु, अष्ट्रेलिया र जी ७ का देशहरूले भारतवाट रूसी तेल खरिद गरिरहेको खुलासा


    काठमाडौं ।  एक युरोपेली अनुसन्धान संस्थाले पछिल्लो १३ महिनामा भारतले जी–७ गठबन्धन गठबन्धनमा निर्यात गरेको एक तिहाइ पेट्रोलियम रुसबाट आयात गरिएको कच्चा तेलको प्रशोधनबाट भएको दाबी गरेको छ । युक्रेनमा रुसले गरेको आक्रमणको विरोधमा अमेरिकाको नेतृत्वमा पश्चिमा राष्ट्रहरुले रुसबाट कच्चा तेल आयातमा विभिन्न प्रतिबन्ध लगाएका थिए तर भारतले युरोपमा रूसको तेल निर्यात गरेको जनाइएको छ ।

     डिसेम्बर २०२२ मा यी देशहरूले रुसी कच्चा तेलको आयातको मूल्य दायरा पनि तय गरेका थिए। तर रुसबाट आयात हुने कच्चा तेललाई प्रशोधन गरी पश्चिमा मुलुकमा निर्यात गरि अन्य मुलुकमा आयात गर्न प्रतिबन्ध लगाइएको छैन । भारतले पछिल्लो दुई वर्षमा रुसबाट ठूलो मात्रामा कच्चा तेल आयात गरेर युरोप र अष्ट्रेलियामा निर्यात गरेको हो ।

    सस्तो दरमा रुसी कच्चा तेल प्राप्त गर्नाले भारतलाई आफ्नो आयात बिल घटाउन मद्दत गरेको छ। फिनल्याण्डस्थित अनुसन्धान संस्थान ‘सेन्टर फर रिसर्च अन एनर्जी एन्ड क्लिन एयर’ले एक प्रतिवेदनमा भारतले रुसबाट आयात हुने कच्चा तेललाई प्रशोधन गरी जी ७ देश, युरोपेली संघ र अष्ट्रेलियामा निर्यात गरिरहेको जनाएको हो ।

     सिइआरएले भन्यो, ‘तेल मूल्य क्याप लगाएको १३ महिनामा यी देशहरूले रूसी कच्चा तेलबाट प्रशोधित पेट्रोलियम उत्पादनहरूको भारतीय निर्यातको एक तिहाइ हिस्सा ओगटेका छन्। भारतले रुसको सहयोगमा यी देशहरूमा ६ अर्ब ६५ करोड डलरको तेल निकासी गरेको छ । यस निर्यातको ठूलो हिस्सा जामनगरस्थित रिलायन्स रिफाइनरीबाट भएको छ ।’

    टिप्पणीको लागि रिलायन्स इन्डस्ट्रिजलाई पठाइएको इमेलको कुनै प्रतिक्रिया आएको छैन। सिइआरए ले भन्यो, ‘भारतले रुसबाट ३।०४ बिलियन यूरोको कच्चा तेल आयात गरेको थियो र ती उत्पादनहरू रूसी तेलमा प्रतिबन्ध लगाएका देशहरूमा पठाउन थालेको थियो ।’
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend