२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेरुडे लघुवित्तले बोलायो साधारणसभा, यस्ता छन् मुख्य एजेण्डा 


सञ्चार डबली
  • बिहीबार , फागुन १० २०८०
  • 8.8K
    SHARES

  • images
    नेरुडे लघुवित्तले बोलायो साधारणसभा, यस्ता छन् मुख्य एजेण्डा 


    काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा बस्ने भएको छ । सभा फागुन ११ गते उद्योग संगठन मोरङको सभा हल, विराटनगर–२ मा बिहान ११ बजे सुरु हुनेछ ।

     कम्पनीले यसअघि नै सभामा लाभांश वितरण नगर्ने जनाएको छ जसकारण लगानीकर्ताहरुको हात खली हुने भएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पनि सभामा पेश हुनेछ । साधारण सभा प्रयोजनका लागि माघ २४ गते बुक क्लोज भइसकेको छ । तसर्थ, माघ २३ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
     
    कम्पनीले अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । हाल नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । तसर्थ, मर्जरपछि पुनः निर्वाचन नभएसम्म हालकै सचालक समितिलाई निरन्तरता दिने प्रस्ताव पनि सभामा पेश हुनेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend