२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

युनाइटेड अजोड इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव पारित


सञ्चार डबली
  • मंगलबार, फागुन ८ २०८०
  • 11.1K
    SHARES

  • images
    युनाइटेड अजोड इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव पारित


    काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको आइतबार बसेको ३०औँ वार्षिक साधारणसभाले १०.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  कम्पनीको १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश स्वीकृत गरिएको हो । त्यस्तै उक्त सभाबाट सञ्चालक समितको वार्षिक प्रतिवेदन पनि प्रस्तुत गरिएको छ । 

    आर्थिक वर्ष २०७९–८० को साविक अजोड र युनाइटेड अजोड इन्स्योरेन्सको लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण नियुक्ती गरिएको छ । साथै, चालु आर्थिक वर्ष २०८०–८१ का लागि बाह्य लेखापरीक्षक जेबि राजभण्डारी एण्ड दिबिन्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरिएको पनि कम्पनीले बताएको छ ।साधारण सभासँगै भएको सञ्चालक समिति सदस्यहरुको निर्वाचनमा संस्थापक सेयरधनीतर्फ अजाद श्रेष्ठ, प्रणवकुमार दास र बलराम खनाल निर्विरोध निर्वाचित भएका छन् ।

    त्यस्तै, सर्वसाधारण सेयरधनीतर्फ पानुदत्त पौडेल र शम्भु अधिकारी निर्विरोध निर्वाचित भएका छन् । कम्पनीले गत असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरिएको जनाएको छ । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स आपसमा गाभिए (मर्जर) पछि पहिलो पटक गरिएको कम्पनीको साधारणसभाले लाभांश वितरणका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय पनि गरेको छ ।

     कम्पनीको नियमावलीमा सञ्चालकको संख्या र कार्यकाल तथा नियुक्ति सम्बन्धमा आवश्यक संशोधन गर्न साधारणसभाबाट स्वीकृति दिइएको छ । दुवै कम्पनी गाभिएपछि गत जेठ १४ गतेदेखि युनाइटेड अजोड कम्पनीका नामबाट एकीकृत सुरु भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend