२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले बोलायो साधारणसभा


सञ्चार डबली
  • सोमबार, फागुन ७ २०८०
  • 7.2K
    SHARES

  • images
    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले  बोलायो साधारणसभा
     

    काठमाडौं ।आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।  सभा, फागुन २० गते लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । साथै यस इन्स्योरेन्सले सेयरधनीहरुका लागि लाभांश वितरण नगर्ने जनाएको छ जसकारण यो वर्ष सेयरधनीहरुको हात खाली हुनेछ ।

    कम्पनीले साधारण सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुने र आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा रहेको कम्पनीले जनाएको छ ।

     सभाले संस्थापक समूहबाट ४ जना (१ जना महिलासहित) र सर्वसाधारण समूहबाट २ जना प्रतिनिधित्व हुने गरी सञ्चालकको निर्वाचन गर्नेछ ।साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १० गते बुक क्लोज गर्ने भएको छ । सभामा भाग लिन फागुन ९ गतेसम्म सेयरधनी कायम हुनु पर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend