२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपालको बाह्य स्थिति सुधारात्मक  रहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष


सञ्चार डबली
  • मंगलबार, फागुन १ २०८०
  • 9.2K
    SHARES

  • images
    नेपालको बाह्य स्थिति सुधारात्मक  रहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष


    काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालको आर्थिक क्षेत्रमा बाह्य स्थिति सुधारात्मक रहेको जनाएको छ । बढ्दो रेमिट्यान्स, पर्यटन गतिविधिमा बृद्धि र मुद्रास्फीति घट्दै गएका कारण नेपालको बाह्य स्थिति सुदृढ बन्द गएको पाइएको कोषको निष्कर्ष छ । 

    कोषले कमजोर आन्तरिक माग र विदेश पलायनका बावजुद न्यून ऋण वृद्धिका कारण नेपालले तत्कालको आर्थिक वृद्धिलाई निरन्तरता दिन सक्ने जनाएको छ । कोषका तर्फबाट हालै नेपालको भ्रमण गरेर फर्किएका डिभिजन उपप्रमुख एवम् मिसन प्रमुख टिडियान किण्डाले विज्ञप्ति जारी गर्दै नेपालको समग्र अवस्थाको अध्ययन र विश्लेषण गर्दा बाह्य स्थिति सुधारात्मक रहेको बताएका हुन् । 

    उनले सरकारले गर्न लागेको आगामी लगानी शिखर सम्मेलनले नेपालको आर्थिक क्षमता देखाउन अवसर प्रदान गर्ने बताएका छन् । ‘लगानीको वातावरणलाई दिगोरुपमा सुधार गर्न नेपालले शिखर सम्मेलनको पूर्ण फाइदा उठाउन सक्नेछ, भविष्यमा बलियो वृद्धिको मार्ग प्रशस्त गर्न सक्छ,’ उनले भनेका छन्, ‘लगानी सम्मेलनले नेपालको आर्थिक क्षमता देखाउन अवसर प्रदान गर्नेछ ।’

    किण्डाको नेतृत्वमा कोषका कर्मचारीहरूको एक टोलीले फेब्रुवरी ५ देखि १२ सम्म नेपालको भ्रमण गरेको थियो । भ्रमणका क्रममा उनीहरूले अर्थमन्त्री प्रकाशशरण महत, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ लगायत उच्च सरकारी तथा केन्द्रीय बैंकका अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । त्यसक्रममा आइएमएफले निजी क्षेत्र र विकास साझेदार निकायका प्रतिनिधिहरूसँग समेत भेटवार्ता गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend