२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 नेपाल इन्स्योरेन्सले कमायो खुद नाफा 


सञ्चार डबली
  • सोमबार, माघ २९ २०८०
  • 9.1K
    SHARES

  • images
     नेपाल इन्स्योरेन्सले कमायो खुद नाफा 


    काठमाडौं । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा २३२.३४ प्रतिशत खुद नाफामा कमाएको छ । इन्स्योरेन्सले २३२.३४ प्रतिशतले बढेर ४९ करोड ७७ लाख ९७ हजार रुपैयाँ पुगेको हो । 

    अघिल्लो वर्षको यसैअवधिमा १४ करोड ९७ लाख ८७ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । कर्जा तथा लगानीबाट ७१ करोड ४३ लाख ५३ हजार रुपैयाँ आम्दानी भएको र गत वर्षको यसैअवधिमा कर्जा तथा लगानीबाट यस कम्पनीले १६ करोड रुपैयाँ मात्र आम्दानी गरेको थियो । खुद बिमा शुल्क आर्जन पनि ५.९५ प्रतिशतले बढेर २९ करोड ६७ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

    नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी १० प्रतिशतले बढेर १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रुपैयाँ पुगेको छ । खुद नाफामा भारी वृद्धि भएपछि प्रतिसेयर आम्दानी पनि ४०.६१ रुपैयाँले बढेर ६०।५५ रुपैयाँ पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी २०।०४ रुपैयाँ रहेको थियो । प्रतिसेयर नेटवर्थ २०६.१४ रुपैयाँ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend