२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

 सगरमाथामा फोहोर गर्न प्रतिबन्धः दिसा समेत बोकेर ल्याउनुपर्ने 


सञ्चार डबली
  • आइतबार, माघ २८ २०८०
  • 7.8K
    SHARES

  • images
     सगरमाथामा फोहोर गर्न प्रतिबन्धः दिसा समेत बोकेर ल्याउनुपर्ने 


    काठमाडौं । सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमाल आरोहीहरूले अब हिमालमा दिसा गरेर फ्याँक्न नपाउने भएका छन् । आरोहीहरूले दिसा त्यहाँ गरेको दिसा बोकेर लिएर आउनुपर्ने र नष्ट गर्ने प्रावधान लागू गर्न लागिएको हो । खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटन विभागसँगको समन्वयमा हिमाल सरसफाईका लागि यस्तो निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष मिङ्माछिरी शेर्पाले हिमाललाई सफा र स्वच्छ राख्न यस्तो निर्णय गरिएको बताए । 

    उनका अनुसार गाउँपालिकाले पर्यटन विभाग, प्रदूषण नियन्त्रण समितिसँगको समन्वयमा आरोहणको आगामी सिजनबाट सगरमाथा र ल्होत्से आरोहणमा जाने आरोहीहरूलाई आधार शिविरमै दिसा व्यवस्थापनका लागि झोला दिइनेछ । आरोहीहरुले झोला राखेर लिएर आउनुपर्ने र तल ल्याएर त्यसको व्यवस्थापन गरिनेछ । 

    ‘सबैसँग छलफलपछि गाउँपालिका यस्तो निर्णयमा पुगेको हो,’ अध्यक्ष शेर्पाले भने, ‘यसकालागि सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई गाउँपालिकाले फोहोर राख्ने झोला खरिद गर्नका लागि अनुदान दिने निर्णय गरेका छौँ ।’ झोलामा राख्दा दिसा नगन्हाउने गरी त्यसको व्यवस्थापन गरिने बताए । आरोहीले आधार शिविरभन्दा माथि गएपछि खुला ठाउँमा दिसा पिसाव गर्न पाउने छैनन् । त्यहाँ उनीहरूले गरेको दिसापिसाब चिसोका कारण लामो समयसम्म नसड्ने र त्यसले हिमाल दुर्गन्धित बन्ने अवस्था बनेको उनले बताए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend