२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई प्रहरी नियन्त्रणमा


सञ्चार डबली
  • शुक्रबार, वैशाख २९ २०८०
  • 8.7K
    SHARES

  • images
    यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई प्रहरी नियन्त्रणमा

    २९ वैशाख, काठमाडौं ।

    बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषि विज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राईमाथि शुभम फाउन्डेसनले सन्चालन गरेको विद्यालयमा अध्ययनरत बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले आज बिहान राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको हो ।

    राईलाई दिउँसो करिब १२ बजेतिर पक्राउ गरिएको र त्यसबारे सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र सोधपुछ चलिरहेको इन्सपेक्टर वेनुकुमार कार्कीले जानकारी दिए ।

    शुभम् फाउन्डेसन अन्तर्गत खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको जनजागृति माध्यामिक विद्यालयले ‘गर्दै, सिक्दै’ कार्यक्रम लागू गरेको छ । उनले आफ्नो विद्यालयमा आबद्ध बालबालिकालाई अश्लील शब्द प्रयोग गर्ने‚ अश्लील हर्कत गर्न लगाउने लगायत दूराचार गरेको समाचार बिहीबार प्रकाशित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend